काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगमा खुमलटारको युथ क्लबले पाँचौँ जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार बिहान भएको खेलमा खुमलटारले श्री भगवतीलाई ४–२ को गोल अन्तरले पराजित गरेको हो ।
खुमलटारको जितमा दिवस चन्ट्यालले २ तथा सुरोज बस्नेत र प्रशन्न श्रेष्ठले १–१ गोल गरे भने श्री भगवतीका लागि सन्तोष केसी र राजु गुरुङले १–१ गोल फर्काए ।
प्रकाशित मितिः २०७८ चैत १७ बिहिबार
Comments