काठमाडौं । नेपालले त्रिकोणात्मक टी २० सिरिजमा विजयी शुरूआत गरेको छ। त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले हराएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो। नेपालबाट आशिफ शेखले सर्वाधिक ४३, रोहित पौडेलले ३४ र आरिफ शेखले ३१ रन बटुलेका थिए।
जवाफमा पीएनजी १९ ओभर २ बलमै १ सय ६८ रन बनाएर अलआउट भयो। नेपालले सन्दीप लामिछानेको कप्तानीमा घरेलु मैदानमा जितेको यो पहिलो खेल हो।
प्रकाशित मितिः २०७८ चैत १४ सोमबार
Comments