काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा यसै सिजन जोडिएका गुजरात टाइटन्स र लखनऊ सुपर जायन्टसले आज डेब्यु गर्दै छन् । यो खेल पौने ८ बजेदेखि सुरु हुने छ । गुजरात हार्दिक पाण्ड्या तथा लखनऊ केएल राहुलको कप्तानीमा रहेको छ ।
गुजरातले राशिद खानलाई उप कप्तानको जिम्मेवारी पनि दिएको छ । यसअघि आइतबार राति भएको खेलमा पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले पराजित गरेको थियो ।
बैंग्लोरले दिएको २०६ रनको विशाल लक्ष्य पञ्जावले १ ओभर बाँकी छँदै पुरा गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ चैत १४ सोमबार
Comments