काठमाडौं । दक्षिण अफ्रिका एकदिवसीय महिला विश्व कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । खराब मौसमका कारण वेस्ट इन्डिजसँगको खेल स्थगित भएपछि दक्षिण अफ्रिका नौ अङ्कसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया यसअघि नै सेमिफाइलनमा पुगिकसको छ ।
सात खेलमा सात अङ्क रहेको वेस्ट इन्डिजको विश्व कपको यात्रा अब भारत र इङ्ग्ल्यान्डको खेलको नतिजामा भर पर्नेछ । ६ खेलमा ६ अङ्क रहेको इङ्ग्ल्यान्डले अब आउँदो आइतवार बङ्गलादेशलाई हराएमा सेमिफाइलनमा पुग्नेछ ।
यस्तै बङ्गलादेशसँग हार्ने वा भारतले दक्षिण अफ्रिकालाई हराएमा भने इङ्ग्ल्यान्ड बाहिरनेछ । तर भारत दक्षिण अफ्रिकासँग पराजित भएमा इङ्ग्ल्यान्ड बङ्गलादेशसँग पराजित हुँदा पनि सेमिफाइनलमा पुग्नेछ । भारत र इङ्ग्ल्यान्डमध्ये कुनै टिमले आफ्नो खेल हारे भने वेस्ट इन्डिज पनि अन्तिम चारमा पुग्नेछ ।
प्रकाशित मितिः २०७८ चैत १० बिहिबार
Comments