काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत मंगलबारको दोस्रो खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा आसिटीले श्री भगवती क्लबमाथि ३–० को सहज जित हात पारेको हो । उसलाई जित दिलाउन प्रज्वल गुरुङले २ तथा साहिल केसीले १ गोल गरे ।
खेलको २६ औं मिनेटमा प्रज्वलले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए । ४० औं मिनेटमा साहिलले टोलीको अग्रता दोब्बर बनाए ।
थप गरिएको समयमा प्रज्वलले व्यक्तिगत दोस्रो गोल गरेपछि आरसिटीले ३–० को सहज जित दर्ता गर्यो । योसँगै दोस्रो जित निकालेको आरसिटी ५ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा उक्लिँदा पहिलो पराजय बेहोरेको श्री भगवती समान खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ ।
प्रकाशित मितिः २०७८ चैत ०१ मंगलबार
Comments