काठमाडौं । विश्वकप क्रिकेट लिग टू अन्तर्गत आजदेखि सुरु भएको नेपाल सम्मिलित त्रिकोणात्मक शृंखलामा पपुवा न्युगिनीले युएईलाई १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सारजाँह क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रनको योगफल खडा गरेको हो । पीएनजीका लागि कप्तान असद भालाले सर्बाधिक ४६ रन बनाए । सिमोन अताइले २५ रन जोडे ।
बलिङतर्फ युएईमन वासिल अहमदले ४ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै १९ रन खर्चिए । अहमद राजाले २ तथा जुनियाद सिद्धकी र जहूर खानले १÷१ विकेट लिए ।
यो शृंखलाअन्तर्गत नेपालले भोलि पीएनजीसँगको खेलबाट आफ्नो सुरुआत गर्नेछ । सन् २०२३ मा भारतमा हुने एकदिवशीय विश्वकप छनोटका लागि प्ररम्भिक प्रक्रियाका रुपमा यो प्रतियोगिता रहेको छ ।
प्रकाशित मितिः २०७८ चैत ०१ मंगलबार
Comments