काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्कामाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्कालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा करिम बेजन्माले २ गोल गरे भने भिनिसियस जुनियरले एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ५५औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७७औ मिनेटमा रियलले पाएको पेनाल्टीलाई बेन्जमाले गोलमा परिणत गरेका थिए भने खेलको ८२औं मिनेटमा बेन्जमाले आफ्नो दोस्रो र रियलका लागि तेस्रो गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडको २८ खेलमा ६६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको सेभियाभन्दा १० अंकले अगाडी रहेको छ । त्यस्तै मल्लोर्काको भने २८ खेलमा २६ अंक छ र लिगमा १६औँ स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ चैत ०१ मंगलबार
Comments