एजेन्सी, १५ बैशाख । फिफाले ब्राजिल, अर्जेन्टिना र मेक्सिकोको फुटबल एसोसिएसनलाई कारवाही गरेको छ । विश्वकप २०१८ को छनौट चरणका खेलमा समर्थकले समलिङ्गीको भावनामा ठेस पुग्ने गरी हुटिङ गरेकाले फिफाले ब्राजिल, अर्जेन्टिना र मेक्सिकोका फुटबल एसोसिएसनलाई जरिवाना तिराएको हो ।
ब्राजिलको फुटबल एसोसिएसनले २७ हजार दुई सय ४८ पाउण्ड स्ट्रर्लिङ तथा अर्जेन्टिनाको फुटबल एसोसिएसनले १५ हजार ५ सय ६५ पाउण्ड स्ट्रर्लिङ जरिवाना तिरेका छन् । यस्तै मेक्सिकोको एसोसिएसनले ७ हजार ७ सय ८१ पाउण्ड स्ट्रर्लिङ जरिवाना तिरेको छ ।
समर्थकले भेदभाव तथा असहयोगी व्यवहार र समलिङ्गीको भावनामा ठेस पुग्ने खालको हुटिङ् गरेकाले जरिवाना तिराइएको फिफाले जनाएको छ ।
ब्राजिल, अर्जेन्टिना र मेक्सिकोलाई फिफाले गर्यो कारबाही
0
Share.
Comments