काठमाडौं । मेक्सिन शीर्ष डिभिजन लिगअन्तर्गत खेल चलिरहँदा भएको झडपमा परी कम्तिमा २६ जना घाइते भएका छन् । क्वेरेटारो तथा एटलसबीचको लिग खेल भइरहेको बेला समर्थकबीच गएराति भएको झडपका क्रममा कम्तिमा २६ जना घाइते भएका हुन् ।
ला कोरेगिडोरा स्टेडियममा ६३ औं मिनेटको खेल चलिरहँदा सुरु भएको झडपका कारण खेल नै स्थगित गर्नु परेको थियो । घाइतेमध्ये १० जनाभन्दा बढीको अवस्था गम्भीर छ । एजेन्सी
प्रकाशित मितिः २०७८ फागुन २३ सोमबार
Comments