काठमाडौँ । भारतीय महिला क्रिकेट टिम कप्तान मिथाली राज ६ वटा विश्वकप क्रिकेट खेल्ने पहिलो महिला खेलाडी बनेकी छन् ।
३९ वर्षीया मिथाली समग्रमा भने ६ वटा विश्वकप खेल्ने तेस्रो खेलाडी बनेकी छन् ।न्यूजिल्यान्डमा जारी आईसीसी महिला क्रिकेट विश्वकपमा पाकिस्तानविरुद्ध खेल्दै मिथालीले उक्त कीर्तिमान कायम गरेकी हुन् ।
यस अघि पुरुषतर्फ भने पाकिस्तानका जावेद मियान्डाड ६ विश्वकप खेल्ने पहिलो खेलाडी बनेका थिए । भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर भने ६ विश्वकप खेल्ने दोस्रो खेलाडी हुन् ।
मिथालीले पाकिस्तानविरुद्ध आईबार केवल ९ रन बनाएकी थिइन् । यता चार विश्वकपमा कप्तानी गर्ने दोस्रो खेलाडी समेत बनेकी छन् ।
अष्ट्रेलियाकी बेलिन्डा कलार्कले समान चार विश्वकपमा कप्तानी गरेकी छन् । त्यतिमात्र नभएर २० वर्षसम्म विश्वकप खेल्ने मिथाली पहिलो खेलाडी बनेकी छन् ।
प्रकाशित मितिः २०७८ फागुन २२ आइतबार
Comments