एजेन्सी, १४ बैशाख । टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा चेल्सीमाथिको दबाब कायम राखेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा क्रिष्टल प्यालेसलाई १–० ले हराएर शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी चारमा छोट्याएको छ ।
अवे मैदानमा टोटनह्यामलाई जिताउन ७८ औं मिनेटमा क्रिष्टियन एरिकसनले गरेको गोल नै निर्णायक बन्यो । टोटनह्याले लिगका पछिल्ला ८ खेल लगातार जितेको छ ।
जितपछि दोस्रो स्थानको टोटनह्यामको ३३ खेलबाट ७४ अंक भएको छ । शीर्ष स्थानको चेल्सीको ७८ अंक छ ।
टोटनह्यामको उपाधि सपना जीवितै
0
Share.
Comments