काठमाडौं । दक्षिण अफ्रिकाले न्यूजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा शानदार जित निकालेको छ । न्यूजिल्यान्डको घरेलु मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्यान्डलाई १ सय ९८ रनले पराजित गरेको थियो ।
यस जितसँगै दुई खेलको सिरिज १–१ को बारबरीमा टुंगिएको छ । यस अघि पहिलो खेल न्यूजिल्यान्डले जितेको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको ४ सय २६ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्ड खेलको पाँचौ दिन २ सय २७ रनमा अलआउट भयो ।
न्यूजिल्यान्डका लागि दोस्रो इनिङमा डेभोन कनवेले सर्वाधिक ९२ रन जोडे ।दक्षिण अफ्रिकाका कगिसो रबाडा, मार्को जानसेन तथा केशव महाराजले समान तीन–तीन विकेट हात पारे । एजेन्सी
प्रकाशित मितिः २०७८ फागुन १७ मंगलबार
Comments