काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १५औं संस्करण आगामी मार्च २६ देखि गर्ने तयारी भइरहेको छ । आईपीएल मार्च २६ देखि सुरु गरेर मे २९ सम्म सकाउने गरी खेल तालिका बनाउन लागेको क्रिकइन्फोले उल्लेख गरेको छ ।
बिहीबार बसेको आईपीएल गभर्निङ काउन्सिल मिटिले आईपीएलको लिग चरणका खेलहरु दुई शहर मुम्बई र पुनेमा मात्र खेलाउने भएको छ । जसमा मुम्बईको वाङखडे स्टेडियम र ब्राबोर्न स्टेडियम, मुम्बई नेभीमा रहेको डिवाई पाटिल स्पोर्ट्स एकेडेमी र महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियमा गहुन्जे रहेको छ ।
यी चार भेन्युमा लिग चरणको ७० खेल बाँडेर खेलाइनेछ । यस बाहेक प्लेअफ चरणको चार खेलको भेन्युका लागि अहिले निर्णय भइसकेको छैन ।
प्रकाशित मितिः २०७८ फागुन १३ शुक्रबार
Comments