काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट हुन असफल नेपालले आज ग्लोवल क्वालिफायरको तेस्रो स्थानका लागि हुने खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
मस्कटस्थित अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ । नेपालको टोलीमा आज एक परिवर्तन भएको छ । युएईविरुद्धको सेमिफाइनल खेलेको टोलीबाट ओमानविरुद्ध आज जितेन्द्र मुखियाको स्थानमा सागर ढकाललाई राखिएको छ ।
मंगलबार युएईसँग ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा छानिन असफल भएको थियो । त्यसअघि समूह चरणमा नेपालले शतप्रतिशत जित हासिल गरेको थियो । समूह चरणमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
ग्लोवल क्वालिफायर ए बाट युएई र आयरल्याण्डले विश्वकपमा स्थान बनाएका हुन् । ओमानले सेमिफाइनलमा आयरल्यान्डसँग पराजय ब्यहोरेपछि तेस्रो स्थानका लागि नेपालसँग खेल्न लागेको हो ।
प्रकाशित मितिः २०७८ फागुन १२ बिहिबार
Comments