काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर कप टी २० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश १ लाई ८० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ६ विकेट गुमाएर ७९ रन बनायो ।
लुम्बिनीका लागि नेरी थापाले ३१ रन बनाउँदा लक्ष्मी चौधरीले २३ रनको योगदान गरिन् । नितु भण्डारीले ८ तथा सरस्वती जिएम र सरस्वती जीएमले चार चार रन बनाएर आउट हुँदा आस्मा पुलामी मगर ४ रनमा नटआउट रहिन् ।
स्वतिका बज्गाई र रन्जु श्रेष्ठले खाता खोलेनन् । प्रदेश १ का लागि सवनम राईले ३ विकेट लिँदा रुविना क्षत्री र हेरमइ रोयले एक एक विकेट लिए ।
प्रकाशित मितिः २०७८ फागुन १२ बिहिबार
Comments