काठमाडौं । ललितपुर मेयर महिला टी-२० च्याम्पियनसिपमा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । साविक विजेता एपिएफले मंगलबार भएको दोस्रो खेलमा प्रदेश-१ लाई ६ विकेटले पराजित गरेकाे हाे ।
५८ रनको लक्ष्य एपिएफले ११. ४ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । एपिएफको जीतमा ज्योति पाण्डेले सर्वाधिक २३ रन जोडिन् । रोमा थापा १५ तथा ममता चौधरी दुई रनमा अविजित रहे ।
प्रदेश-१ का लागि सवनम राईले दुई तथा हेरमायी रोय र कप्तान रुविना क्षेत्रीले एक-एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा टस जितेर ब्याटिङ राेजेको प्रदेश- १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५७ रन मात्र बनाउन सक्यो ।
प्रदेश-१ का लागि सवनम राईले सर्वाधिक १६ रनको योगदान दिइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपिएफकी करुणा भण्डारीले तीन, राजमती ऐरीले दुई तथ रेखा रावल र सुमन विष्टले एक-एक विकेट हात पार्दा दुई विकेट रन आउटका रूपमा प्राप्त भयाे ।
प्रकाशित मितिः २०७८ फागुन १० मंगलबार
Comments