काठमाडौं । जारी टी ट्वेन्टी विश्वकप क्वालिफायरमा नेपाल यतिबेला यूएईसँग भिड्दैछ। टस हारेर पहिले बलिङ गरको नेपालले दोस्रो ओभरमै एक विकेटको सफलता हात पारेको छ।
नेपालका लागि पेस बलर जितेन्द्र मुखियाले १.४ ओभरमा चिराग सुरीको विकेट लिएका हुन्। उनले पाँच बल खेलेर चार रन बनाएका थिए। खेलमा दुई ओभर सकिँदा यूएईले ६ रन बनाएर १ विकेट गुमाएको छ।
प्रकाशित मितिः २०७८ फागुन १० मंगलबार
Comments