काठमाडौं । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा ओमानलाई १३८ रनको लक्ष्य दिएको नेपालले बलिङमा ओमानलाई दबाब बढाउँदै लगेको छ ।
पहिलो ओभरमै कमलसिंह ऐरीले विकेट लिंदै ओमानमाथि दवाब शुरु गरेको खेलको दोस्रो विकेट जितेन्द्र मुखियाले लिए । तेस्रो विकेटका रुपमा ओमानका आक्रामक ब्याटर जितेन्दर सिंह ९ रनमा आउट भए । उनलाई दिपेन्द्र सिंह रनआउट गराएका थिए ।
नेपालले पहिलो, दोस्रो र छैटौँ ओभरमा विकेट लिएको हो ।कश्यप प्रजापति शुन्य र आयन खान ३ रनमा आउट भए । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।
प्रकाशित मितिः २०७८ फागुन ०६ शुक्रबार
Comments