काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र च्यासल युथ क्लबले गाेलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । लिग तालिकाको पुछारमा रहेका यी क्लबहरु बीचकाे खेलमा बराबरी नतिजा आएपछि दुबै टोली संकटमा परेका छन् ।
दशरथ रंगशालामा भएकाे खेलमा दुवै टाेलीले गाेलका लागि अवसर सिर्जना गर्न सकेनन् । बराबरीपछि ब्रिगेड ब्वाइज क्लबले ११ खेलबाट ७ अंक जाेड्दै १३ औं स्थानमा छ । च्यासल भने ६ अंकसहित पुछारमा छ ।
प्रकाशित मितिः २०७८ फागुन ०३ मंगलबार
Comments