काठमाडौं । मछिन्द्र क्लवका खेलाडी मनिष डाँगी अस्पतालबाट डिस्चार्ज भएका छन् । मछिन्द्र क्लबले मंगलबार मनिष डिस्चार्ज भएको जानकारी दिएको छ । गत माघ २९ गते च्यासलविरुद्धको मनिष मैदानमा अचेत हुँदा अस्पताल भर्ना गरिएको थियो।
खेलको ६० औं मिनेटमा सुनील बलको स्थानमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिष ६५ औं मिनेटमा च्यासलका मोउसा यानिकसँग ठोकिएर मैदानमा लड्न पुगेका थिए । लड्दा उनको टाउको भुइमा बजारिएको थियो । जसका कारण उनको टाउकोमा चोट लाग्दा अचेत भएका थिए । उनी मैदानमा लडेपछि दुबै टिमका खेलाडी निकै नर्भस भएका थिए ।
उनलाई करिव १० मिनेट मैदानमा उपचार गरेर होसमा ल्याइएको थियो । उनी मैदानमा अचेत हुँदा सबै खेलाडी केहि आतंकित भएका थिए ।
प्रकाशित मितिः २०७८ फागुन ०३ मंगलबार
Comments