काठमाडौं । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा अहिलेसम्मकै सबैभन्दा महँगो रकमा इशान किशनलाई खरिद गरिएको छ ।
शनिबार इन्डियन प्रिमियर लिग लिलामीको पहिलो सत्र सञ्चालन गर्ने क्रममा उनले मुम्बाई इन्डियन्स क्लबले १५ करोड २५ लाखमा खरिद गरेको छ ।
विश्वभरबाट १ हजार २ सय १४ खेलाडीले आइपीएलमा खेल्नका लागि आवेदन दिएका थिए । सुरुवाती समीक्षापछि यसमध्ये ५९० खेलाडी अन्तिम नामावलीमा सहभागी हुनेछन् । जसमा ३७० जना भारतीय क्रिकेटर र २२० जना विदेशी खेलाडी रहने छन् ।
यस सीजनको लिलामीमा अफगानिस्तानका १७, अस्ट्रेलियाका ४७, बंगलादेशका पाँच, इंग्ल्याण्डका पाँच, न्यूजील्याण्डका २४, दक्षिण अफ्रिकाका ३३, श्रीलंकाका २३, वेष्ट इन्डिजका ३४, नामीबियाका तीन तथा नेपाल, जिम्बाबे, अमेरिकाका र स्कटल्याण्डका एकरएक जना अक्सनमा सहभागी हुनेछन् ।
अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गरे पनि अक्सनको अन्तिम सूचीमा सन्दीपको नाम मात्र समावेश भएको हो ।
प्रकाशित मितिः २०७८ फागुन ०१ आइतबार
Comments