काठमाडौं । ब्राजिलियन क्लब पाल्मिरस क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा इजिप्टको अल अह्लीलाई २-० गोल अन्तरले हराएर पाल्मिरस उपाधि नजिक पुगेको हो ।
पाल्मिरसलाई जित दिलाउन राफेल भेइगा र डुडुले एक एक गोल गरे । खेलको ३९ औं मिनेटमा राफेलले गोल गर्दै पाल्मिरसलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४९ औं मिनेटमा डुडुले गोल गर्दै पाल्मिरसलाई २-० को जित दिलाए ।
यस्तै खेलको ८१ औं मिनेटमा आश्रफले रातो कार्ड खाएपछि अल अह्ली १० खेलाडीमा समेटिएको थियो । अब पाल्मिरसले उपाधिका लागि इंग्लिस क्लब चेल्सी र साउदी अरेबियाको अल हिलालबीचको विजेतासँग खेल्नेछ ।
प्रकाशित मितिः २०७८ माघ २६ बुधबार
Comments