काठमाडौं । भारत र वेष्ट इन्डिजविच भएको खेल एकदिवसिय खेलमा भारतीय पूर्व कप्तान विराट कोहलीको ब्याट त्यति चलेन । उनी मात्र आठ रन बनाएर आउट हुन पुगे । उनी क्रिजमा आएपछि दुई खेलमा दुई चौका प्रहार गरेर आठ रन बनाएलगत्तै आउट हुन पुगे ।
तर उनी आउट भएको कुराको चौतर्फी आलोचना भइरहेको छ । भारतीय पूर्व खेलाडी आकाश चोपडाले बिराटको ब्याटिङमा नै प्रश्न उठाएका छन । उनले कोहलीको दिमाग फ्रेस नभएको समेत बताएका छन ।
आकाश चोपडाले क्रिकइन्फोसँगको अन्तरवार्तामा कोहली चार बल बलमा नै आउट हुनु हैरान गर्ने विषय रहेको बताएका छन । उनले कोहली दिमागी हिसाबले फ्रेस नभएको र चार बलमा जुन तरिकाले उनले खेले त्यो उनको स्तर अनुसारको नभएको भनेर आलोचना गरेका छन ।
आकाश चोपडाले कोहली हडबलमा आउट भएको र उनी जस्तो उत्कृष्ट तरिकाले पिच र अवस्था बुझ्ने खेलाडी अर्को नभएको समेत बताए ।
पछिल्लो पटक कोहलीले दक्षिण अफ्रिकाविरुद्ध तीन पारिमा एक सय १६ रन मात्र बनाएका थिए । जसमा उनलको स्ट्राइक रेट ७६ दशमलव ३२ रहेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ २४ सोमबार
Comments