काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले भेरोनालाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन डेब्यु खेलाडी डुसन भ्लाहोभिच र डेनिस जाकारियाले एक एक गोल गरे ।
खेलको १३ औं मिनेटमा डुसनले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६१ औं मिनेटमा डेनिसले गोल गर्दै युभेन्ट्सलाई २-० गोलको जित दिलाए ।
यस जितसँगै युभेन्ट्स लिगको चौंथो स्थानमा उक्लिएको छ । युभेन्ट्सले २४ खेलमा ४५ अंक जोडेको छ । भेरोना ३३ अंक जोडेर नवौं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ २४ सोमबार
Comments