काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिललाई ५-१ गोल अन्तरले हराएको हो ।
खेलको दशौँ मिनेटमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा स्भेन बोटम्यानले गोल गर्दै लिललाई १-१ को बराबरीमा ल्याए।
खेलको ३२ औं मिनेटमा प्रेसनल किमपेम्बेले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । लियोनल मेस्सीले ३८ औं मिनेटमा गोल गरेपछि पीएसजी ३-१ ले अघि रह्यो ।
खेलको ५१ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टिमको अग्रता ४-१ को बनाए । त्यसपछि खेलको ६७ औं मिनेटमा डानिलोले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५-१ को सहज जित दिलाए ।
यस जितसँगै पीएसजीले लिगमा १३ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको पीएसजीले २३ खेलमा ५६ अंक जोडेको छ । लिल ३२ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ २४ सोमबार
Comments