काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । शुक्रबार राति भएको खेलमा १–१ को बराबरी भएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो ।
२५ औँ मिनेटमा सान्चोले गोल गरेर म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । ६४ औँ मिनेटमा क्रूक्सले च्याम्पियन्सलिग क्लब मिडल्सबर्गका लागि बराबरी गोल गरेका हुन् ।
त्यसपछि दुवै तर्फबाट गोल गर्न सकेनन् । त्यसअघि म्यानचेस्टर २० औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गर्न सकेनन् । टाइब्रेकरमा मिडल्सबर्गले ८–७ ले पराजित गरेको हो । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ २२ शनिबार
Comments