काठमाडौं । न्युजिल्यान्डका क्रिकेटर काइल जेमिसनले यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट नखेल्ने भएका छन् ।
आईपीएलमा निकै महँगो मूल्यमा अनुबन्ध हुन सक्ने अनुमान गरिएका जेमिसनले कोभिड महामारी र परिवारलाई समय दिने भन्दै आईपीएलको अक्शनमा नाम दर्ता नगराएको बताएका हुन् ।
आईपीएलको अक्सनमा नाम दर्ता नगराउने निर्णय गर्न आफूलाई कठिन भए पनि आवश्यकताका आधारमा निर्णय लिएको जेमिसनले बताएका छन् । आफू २७ वर्षको जवान उमेरमा रहेको र आउँदा दिनमा आईपीएल खेल्ने पर्याप्त अवसर रहेको जेमिसनले बताएका क्रिकइन्फोले जनाएको छ ।
गएको वर्षको आईपीएलका सबैभन्दा महँगा खेलाडीका रूपमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले जेमिसनलाई १५ करोड भारुमा अनुबन्ध गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ २० बिहिबार
Comments