काठमाडौं । सेनेगल अफ्रीका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा बुर्किना फासोलाई ३-१ गोल अन्तरले हराउँदै सेनेगल उपाधि नजिक पुगेको हो ।
सेनेगललाई जित दिलाउन अब्डोउ डियालो, इद्रिसा गुए र साडियो मानेले एक एके गोल गरे ।
बुर्किनाका ब्लाटी टोरेले एक गोल फर्काए ।
खेलको ७० औं मिनेटमा डियालोले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए ।
७६ औं मिनेटमा इद्रिसाले गोल गर्दा सेनेगल २-० ले अघि रह्यो ।
खेलको ८२ औं मिनेटमा बुर्किनाका टोरेले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई ३-१ को जित दिलाए ।
सेनेगल तेस्रो पटक अफ्रीका कप अफ नेसन्सको फाइनल पुगेको हो ।
अब सेनेगलले उपाधिका लागि क्यामरुन र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।
प्रकाशित मितिः २०७८ माघ २० बिहिबार
Comments