काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमारले २०२१ को साम्बा गोल्ड अवार्ड जितेका छन् ।
पेरिस सेन्ट जर्मेन पिएसजी का सुपर स्टार नेयमारले युरोपमा ब्राजिलबाट खेल्ने सबैभन्दा उत्कृष्ट खेलाडीको रुपमा उक्त अवार्ड हात पारेका हुन् ।
नेयमारले लगातार दोस्रो पटक तथा समग्रमा ५ पटक साम्बा गोल्ड अवार्ड हात पारेका छन् । उनले यस अघि सन् २०१४, २०१५, २०१७ र २०२० को साम्बा गोल्ड अवार्ड जितेका थिए ।
खुट्टाका चोटका कारण गत नोभेम्बरदेखि मैदान बाहिरै रहेका नेयमारले अभ्यासमा फर्किएका छन् । ३० वर्षीय नेयमारले गत नोभेम्बरमा सेन्ट इटिनीविरुद्धको खेलका क्रममा घाइते भएका थिए ।
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत फेब्रुअरी १५ मा रियल मड्रिडविरुद्धको खेलमा नेयमार उपस्थित हुन सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मितिः २०७८ माघ २० बिहिबार
Comments