काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा इक्वेडर बराबरीमा रोकिएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार इक्वेडरले पेरुसँग १-१ गोलको बराबरी खेलेको हो । सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा इक्वेडर बराबरीमा रोकिएको हो।
खेलको दोस्रो मिनेटमा माइकल एस्ट्राडाले गोल गर्दै इक्वेडरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६९ औं मिनेटमा एडिसन फ्लोरेसले गोल गर्दै पेरुलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै इक्वेडरले १६ खेलमा २५ अंक जोडेको छ । इक्वेडर तालिकाको तेस्रो स्थानमा रहेको छ । पेरु २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ माघ १९ बुधबार
Comments