काठमाडौं । मरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालले प्लेइङ-११ सार्वजनिक गरेको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलमा नवीन गुरुङलाई डेब्यू गराउँदैछन्।
खेल अपरान्ह ४:४५ बजे दशरथ रंगशालामा हुनेछ। यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल १-० गोलले विजयी भएको थियो। नेपालको जितमा विमल घर्तिमगरले गोल गरेका थिए।
हाल फिफा वरीयताको १६९औं स्थानमा रहेको नेपालले अफ्रिकी राष्ट्र मरिससँग पहिलो पटक प्रतिस्पर्धा गरेको हो। फिफा वरीयताको १७२औं स्थानमा रहेकाले मरिसस नेपालका लागि समान स्तरको प्रतिद्वन्द्वी हो।
प्रकाशित मितिः २०७८ माघ १८ मंगलबार
Comments