काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही माघ २८ गते आयोजना हुने काठमाडौं जिल्ला तेक्वान्दो संघले जनाएको छ ।
प्रतियोगितामा विभिन्न २०० डोजाङका २०० डोजाङ प्रमुखहरूको सहभागिता रहने आयोजक संघका अध्यक्ष अशोक खड्काले जानकारी दिए । दुई एकल स्पर्धा समावेश गरिएको आयोजकले जनाएको छ ।
पुरुष र महिला १८ वर्षमाथि उमेर समूहको खेल हुनेछ । पुरुषरमहिला दुवैमा समान नगद पुरस्कार राखिएको छ । पहिलो हुनेले पाँच हजार, दोश्रोले तीन हजार र तेस्रो हुनेले दुई हजारका दरले नगद पुरस्कार पाउनेछन् ।
माघ २३ गतेसम्म आफ्नो नाम दर्ता गराइसक्नु पर्नेछ भने माघ २३ देखि २६ गतेसम्म बढीमा एक मिनेट २० सेकेण्डको भिडियो सहभागीले पठाइसक्नु पर्नेछ । ।
प्रकाशित मितिः २०७८ माघ १८ मंगलबार
Comments