काठमाडौं, ६ वैशाख । रुपन्देही च्यालेन्सर्जलाई हराउँदै बिराटनगर किङ्ग्स धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको पहिलो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै बिराटनगर फाइनलमा पुगेको हो ।
विराटनगरले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ९९ रन मात्रै बनाउयो । रुपन्देहीका बिक्रम शोबले २३ तथा पुष्प थापाले २२ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । विराटनगरका सुशील कँडेलले चार तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन बनायो । विराटनगरका आशिफ शेखले ३४ तथा शरद भेषावकरले २४ रन बनाए । रुपन्देहीका शक्ति गौचनले ३ तथा दिपेश श्रेष्ठले २ विकेट लिए ।
रुपन्देही र विराटनगर प्रतियोगितामा पहिलो र दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका हुन् । पराजित भएको रुपन्देहीले अब एक पटक प्लेअफ खेल्न पाउने छ ।
रुपन्देही च्यालेन्सर्जलाई हराउँदै बिराटनगर किङ्ग्स डिपिएल क्रिकेटको फाइनलमा
0
Share.
Comments