काठमाडौं । इंग्ल्यान्डका पूर्व मिडफिल्डर फ्रान्क लाम्पार्ड इंग्लिस क्लब एभर्टनको मुख्य प्रशिक्षक बन्ने भएका छन् । मुख्य प्रशिक्षकका लागि लाम्पार्ड र एभर्टनबीच सहमति भएको छ ।
४३ वर्षीय लाम्पार्डले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गर्ने बताईएको छ । एभर्टनले औपचारिक रुपमा सम्झौताबारे केहि बताएको छैन ।
चेल्सीबाट बर्खास्तमा परेपछि लाम्पार्ड क्लब विहीन रहेका छन् । एभर्टन पनि पछिल्लो समय केयर टेकर प्रशिक्षक डुनकान फर्गुसनको नेतृत्वमा रहेको छ ।
एभर्टनले मुख्य प्रशिक्षक राफायल बेनिटेजलाई बर्खास्त गरेपछि फर्गुसनलाई केयर टेकरको जिम्मेवारी दिएको हो । एभर्टनले गत आइतबार बेनिटेजलाई बर्खास्त गरेको थियो ।
प्रकाशित मितिः २०७८ माघ १७ बिहिबार
Comments