काठमाडौं। चिलीका फरवार्ड इडुआर्डो भर्गसले बोलिभियाविरुद्धको विश्वकप छनोट खेल गुमाउने भएका छन् । गत बिहीबार अर्जेन्टिनाविरुद्धको खेलका क्रममा भर्गसको घुँडामा चोट लागेको थियो ।
अर्जेन्टीनासँग २–१ ले पराजित भएको खेलका क्रममा भर्गस घाइते भएका थिए र उनको स्थानमा भिक्टर डाभिलालाई खेलाइएको थियो । चिलीको फुटबल संघले ३२ वर्षीय भर्गसको स्थानमा कसलाई राख्ने भन्ने जनाएको छैन ।
चिली र बोलिभियाबीचको खेल मंगलबार ला पाजमा हुनेछ । कतार विश्वकपको सम्भावना कायमै राख्न दुबै टोलीलाई जितको आवश्यकता छ ।
प्रकाशित मितिः २०७८ माघ १७ बिहिबार
Comments