काठमाडौं । अर्जेन्टिना फुटबल टिमका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले चिलीविरुद्धको विश्वकप छनोट खेल गुमाउने भएका छन् ।
कोभिड–१९ पोजेटिभ देखिएपछि स्कालोनीले बिहीबार हुने विश्वकप छनोटको खेल गुमाउने भएका हुन् ।
त्यस्तै, अर्जेन्टीनाका मुख्य खेलाडी तथा फर्वाड लियोनल मेस्सीले पनि चिलीविरुद्धको खेल गुमाउने छन् ।
मेस्सी पनि कोभिड संक्रमित भएका कारण खेल गुमाउने भएका हुन् । संक्रमणबाट बाहिर निस्कने प्रयासमा रहेका मेस्सी अझै ठीक भने भएका छैनन् ।
मेस्सीको स्थानमा पाउलो डेबालाले खेल्ने सम्भावना रहेको बताइएको छ । यसबारे आधिकारिक घोषणा भने भएको छैन ।
दक्षिण अमेरिकी छनोटअन्तर्गत अर्जेन्टिना र ब्राजिल यसै वर्ष कतारमा हुने विश्वकपको लागि छनोट भइसकेका छन् ।
प्रकाशित मिति:२०७८ माघ १३ बिहीबार
Comments