काठमाडौं । आयोजक क्यामरुन अफिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
सोमबार राति भएको खेलमा कोमोरोसलाई २-१ गोल अन्तरले हराउँदै क्यामरुन अन्तिम आठमा पुगेको हो । क्यामरुनलाई जित दिलाउन कार्ल टोको एकाम्बी र भिसेन्ट अबुबाकरले एक एक गोल गरे ।
कोमोरोसका युसुफले एक गोल फर्काए । यस्तै जिमी अब्दोउले रातो कार्ड पाएपछि कोमोरोस १० खेलाडीमा समेटिएको थियो । अब क्यामरुनले क्वाटरफाइनलमा गाम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार
Comments