काठमाडौं । द गाम्बिया अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनल प्रवेश गरेको छ ।
गिनीलाई १–० ले पराजित गर्दै गाम्बिया अन्तिम आठमा प्रवेश गरेको हो । गाम्बियाको जितमा एकमात्र निर्णायक गोल मुसा बारोले गरे ।
मुसाले खेलको ७१ औं मिनेटमा गरेको गोलले नै गाम्बियालाई अन्तिम आठमा स्थान सुरक्षित गर्न मद्दत गर्यो । गाम्बियाले अब सेमिफाइनल प्रवेशका लागि शनिबार क्यामरुनको सामना गर्नेछ ।
प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार
Comments