काठमाडौं । टालियन क्लब एट्लान्टाले मिडफिल्डर जेरमी बोगालाई अनुबन्ध गरेको छ । एट्लान्टाले आइभरी कोस्टका मिडफिल्डर बोगालाई सासोउलोबाट अनुबन्ध गरेको हो ।
२५ वर्षीय मिडफिल्डरले एट्लान्टासँग ५ वर्षेको सम्झौता गरेका छन् । चेल्सीका पूर्व खेलाडी बोगा सासोउलोमा तीन वर्ष बिताएर एट्लान्टा आएका हुन् ।
सासोउलोका लागि उनले यस सिजन १२ सिरी ए खेल खेलेका थिए । बोगाले आइभरी कोस्टका लागि ७ खेलमा १ गोल गरेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार
Comments