काठमाडौं । वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको टी–ट्वान्टी सिरिजमा १–० को अग्रता बनाएको छ । ५ खेलको टि–२० सिरिजमा पहिलो खेलमा वेस्ट इन्डिजले ९ विकेटको सफलता पाएको हो ।
इंग्ल्यान्डले दिएको १ सय ४ रन लक्ष्य वेस्ट इन्डिजले केवल एक विकेट गुमाएर १७ दशमलब १ ओभरमा पुरा गर्यो । वेस्ट इन्डिजका लागि ब्रान्डन किंगले अविजित रहदै ५२ रनको योगदान गरे भने निकोलास पुरन २७ रनमा अविजित रहे ।
यस्तै, शाई होपले २० रन जोडे । इंग्ल्यान्डका लागि आदिल रसिदले एक विकेट लिए । यस अघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले १९ दशलमब ४ ओभरमा अलआउट हुदै १ सय ३ रन जोड्यो ।
क्रिस जोर्डनले सर्वाधिक २८ रन बनाए भने आदिल रसिदले २२ रनको जोडे । वेस्ट इन्डिजका लागि जासन होल्डरले सर्वाधिक ४ विकेट लिए । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ ०९ आइतबार
Comments