काठमाडौं । आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटअघि नेपालले त्रिदेशीय श्रृङ्खला खेल्ने भएको छ । ग्लोबल छनोटअघि नेपालले त्रिदेशीय श्रृङ्खला खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
नेपालले ओमन, यूएई र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले २८ माघमा ओमन, २९ माघमा यूएई र २ फागुनमा आयरल्यान्डसँग प्रतिनिस्पर्धा गर्नेछ ।
तीनै देशसँगको खेल ओमनको राजधानी मस्कटमा हुने क्यानले जनाएको छ । यसलाई नेपालले ग्लोबल छनोटको तयारीका रूपमा लिएको छ ।
लगत्तै ५ देखि १२ फागुनसम्म नेपालले ग्लोबल छनोट खेल्नेछ। नेपाल रहेको समूह ‘बी’ मा क्यानडा, ओमन र फिलिपिन्स रहेका छन् ।
ग्लोबल छनोटका लागि सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोली घोषणा भइसकेको छ । यसको तयारीका लागि लामिछाने पनि शुक्रबार राति मात्रै नेपाल फर्किएका छन् ।
उनी बिगबास लिग छोडेर फर्किएका हुन् । लामिछानेले होबर्ट हरिकेन्सको तर्फबाट बिगबास लिग खेलेका थिए। उनले १४ खेलमा १४ विकेट लिएका थिए ।
प्रकाशित मितिः २०७८ माघ ०८ शनिबार
Comments