काठमाडौं । ओशिनिया एजेकेशन एन्ड भिषा सर्भिस (ओइभिएस) पोखराले सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीको संचालनका लागि वार्षिक रुपमा ५ लाखका दरले सहयोग रकम प्रदान गर्ने भएको छ ।
ओइभिएसले फुटबल एकेडेमीलाई तीन वर्षसम्म सहयोग रकम प्रदान गर्ने भएको छ । ओइभिएसले प्रत्येक वर्ष ५ लाखका दरले एकेडेमीलाई प्रदान गर्ने छ ।
सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ र तथा ओइभिएस पोखराका प्रवन्ध निर्देशक सुवास श्रेष्ठबीच पोखरामा बुधबार सम्झौतापत्रमा हस्ताक्षर भयो ।
सम्झौता अनुसार सहारा क्लब पोखराले आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा ओइभिएसलाई सहयोगी संस्थाको रुपमा राख्नु पर्नेछ ।
प्रकाशित मितिः २०७८ माघ ५ बुधबार
Comments