काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २३१ रनको चुनौती दिएको छ । क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा त्रिुभवन आर्मी क्लबले टस जितेर एपीएफलाई ब्याटिङको निम्तो दिएको थियो ।
एपीएफले निर्धारित २० ओभरमा २ विकेटको निक्सानीमा २३० रन जोड्यो । एपीएफका लागि ओपनर आसिफ सेख र प्रदिप ऐरीको शानदार साझेदारी रह्यो । उनीहरुले १५० रनको साझेदारी गरे ।
जसमा आसिफ सेखले शानदार अर्धसतकिय इनिङ्स खेले । उनले ४३ बलमा ८४ रनको योगदान गरे भने प्रदिप ऐरी अविजित रहदै ५७ रन जोड्न सफल भए । यस्तै, लोकेश बमले १८ बलमा ६६ रन जोड्दै शानदार प्रदर्शन गरे । साथै, कप्तान शरद भेषवाकर भने ९ रनमा पबिलियन फर्किएका थिए ।
आर्मीको लागि जितेन्द्र मुखीयाले एक विकेट लिए । पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई हराउदै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरिसकेको छ । दोस्रो सेमिफाइलको विजेताले पुलिससँग भोली फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।
प्रकाशित मितिः २०७८ माघ ०४ मंगलबार
Comments