काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजदेखि प्रशिक्षण सुरु गर्दैछ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत नवौं चरणका खेल सोमबार सकिएपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि सुरु हुन लागेको हो ।
कोरोना महामारीका कारण लिगको एउटा खेल नेपाल पुलिस र च्यासल भने यहीबीचमा खेल्ने छन् । पोखरामा मनाङ मस्र्याङ्दी क्लबसँग खेलेर फर्किएपछि च्यासलका १९ जना खेलाडीलाई कोरोना संक्रमण हुँदा खेल नै रोक्नु परेको थियो । लिगको ब्रेक टाइममा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण हुन लागेको हो ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि ३५ जना खेलाडीलाई बोलाइसकेका छन् । सुरुवातमा ३४ सदस्यीय टोली घोषणा भएपनि सन्तोष तामाङले चोट बोकेपछि उनको स्थानमा आर्मीकै जगजित श्रेष्ठ र च्यासलका आशिष राईलाई टोलीमा समेटिएको छ ।
नेपालले माघ १५ र १८ गते मौरिसससँग २ वटा मैत्रीपूर्ण खेल खेल्दै छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताका लागि हुन लागेको बन्द प्रशिक्षणमा परेका खेलाडीहरु सोमबार नै एन्फाको होस्टेलमा पुगिसकेको बताइएको छ ।
प्रकाशित मितिः २०७८ माघ ०४ मंगलबार
Comments