काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विष्णु गुरुङलाई सहायक प्रशिक्षक बनाएको छ । मौरिसससँगको खेलका लागि नेपाली राष्ट्रिय टिमले बन्द प्रशिक्षण शुरु गरेकै दिन ए डिभिजन लिग क्लब संकटाका मुख्य प्रशिक्षक रहेका गुरुङलाई दोस्रो सहायक प्रशिक्षकको रुपमा बालाइएको हो ।
नेपाली टिमको मुख्य प्रशिक्षकको रुपमा अब्दुल्लाह अल्मुताइरी रहेका छन् । सहायक प्रशिक्षकको रुपमा किरण श्रेष्ठ रहेका छन् ।दोस्रो सहायक प्रशिक्षकको रुपमा नेपाली टिममा जोडिन पाउँदा आफू एकदमै उत्साहित भएको प्रतिक्रिया दिए । यसले आगामी दिनमा क्लबको प्रशिक्षण गराउँदा पनि फाइदा पुग्ने विश्वास व्यक्त गर्दै अवसर दिने एन्फा र मुख्य प्रशिक्षक अब्दुल्लाहलाई धन्यवाद पनि दिएका छन् ।
यसअघि नेशनल फुटस लिगमा पनि प्रशिक्षक रहि सकेका गुरुङले पहिलो पटक ए डिभिजन लिग क्लब संकटाको प्रशिक्षक भएका थिए । नेपाली टिमले माघ १५ र १८ गते दशरथ रंगशालामा मौरिसससँग २ वटा मैत्रपूर्ण फुटबल म्याच खेल्दै छ । त्यसका लागि अहिले नेपाली टिम बन्द प्रशिक्षणमा जुटेको हो ।
प्रकाशित मितिः २०७८ माघ ०४ मंगलबार
Comments