काठमाडौं । बार्सिलोनाकी एलेक्सिया पुतेलासले फिफा महिला वर्ष फुटबल खेलाडीको अवार्ड जितेकी छन् । यस्तै चेल्सी प्रशिक्षक एमा कायसले महिला वर्ष प्रशिक्षकको अवार्ड जितेकी छन् ।
स्पेनिस मिडफिल्डर एलेक्सियाले गएको नोभेम्बर बालोन डी’ओर अवार्ड जितेकी थिइन् । एलेक्सियाले बार्सिलोनालाई गएको सिजन घरेलु प्रतिस्पर्धामा दुई तथा महिला च्याम्पियन्स लिगको उपाधि पहिलोपटक जिताउन सहयोग गरेकी थिइन् ।
सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड जितेकी हायसले चेल्सीलाई घरेलु लिगको उपाधिसँगै च्याम्पियन्स लिगको फाइनलमा लगेकी थिइन् ।
एलेक्सियाले बार्सिलोनाकी जेनी हेर्मोसो र चेल्सीकी साम केरलाई पछि पारेर अवार्ड जितेकी हुन् । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ ०४ मंगलबार
Comments