काठमाडौं । आयोजक क्यामरुनले अफ्रीका कप अफ नेसन्स अन्तर्गत समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत केप भर्डेविरुद्ध १–१ गोलको बराबरी खेल्दै क्यामरुनले समूह विजेता बनेको हो ।
भिन्सेन्ट अबोबाकारले ३९ औ मिनेटमा गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए । तर केव भर्डेका ग्यारी रोड्रिगेजले ५३ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
बराबरीसँगै आयोजक क्यामरुनले तीन खेलबाट सात अंक जोडेको छ । यता बुर्किना फासो र केप भर्डेको समान चार–चार अंक भएपनि केप भर्डे गोल अन्तरका कारण तेस्रो स्थानमा छ ।
यसै समूहमा केवल एक अंक जोडेको इथियोपिया चौथो स्थानमा रहेको छ । गएराती नै भएको खेलमा इथियोपियाले बुर्किना फासोसँग १–१ को बराबरी खेलेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ ०४ मंगलबार
Comments