काठमाडौं । टेनिस स्टार नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन् । जोकोभिचले आफूलाई अस्ट्रेलियन ओपन टेनिस खेल्न पाऊँ भन्दै गरेको अपिललाई अस्ट्रेलियाको संघीय अदालतले खारेज गरेपछि उनले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा भाग लिन नपाउने भएका हुन् ।
अदालतका तीन जना न्यायाधीशले ३४ वर्षीय जोकोभिचको अपिल खारेज गरेको बीबीसीले जनाएको छ ।
कोरोना भाइरसविरुद्धको भ्याक्सिन नलगाएको भन्दै अस्ट्रेलियाले जोकोभिचको भिसा रद्द गर्दै आएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ ०२ आइतबार
Comments