काठमाडौं । लिग उपाधिको होडमा कायम रहने हो भने मनाङ मर्स्याङ्दीले शुक्रबार सातदोबाटोको सामना गर्दा त्यसमा जित्नु पर्ने दबाब हुनेछ ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ को नवौं चरणको दोस्रो खेलमा यी दुई भिड्दै छन् । मनाङ १९ अंकमा दोस्रो स्थानमा छ । सातदोबाटो भने नौ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
सातदोबाटोले घरेलु लिग फुटबलमा यसै पल्ट डेब्यु गरिरहेको हुनाले मनाङविरुद्धको खेल उसको पहिलो हुनेछ । सातदोबाटो नवौं चरण आइपुग्दा लय समाट्न संघर्षरत छ ।
सनसनीपूर्ण सुरुआत लिएका सातदोबाटोले पछिल्ला पाँच खेलमा दुई अंक मात्र जोड्न सफल रहेको छ ।
मनाङ भने पछिल्ला दुई खेलमा लगातार विजयी रहेको छ ।
प्रकाशित मितिः २०७८ पुस ३० शुक्रबार
Comments