काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र ब्रिगेडले १-१ गोलको बराबरी खेलेका छन् । खेलको दोस्रो मिनेटमा रोशन राना मगरले गोल गर्दै ब्रिगेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको चौंथो मिनेटमा बुद्ध तामाङले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।पुलिस ७ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ । पुलिस ब्रिगेडलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
ब्रिगेड ७ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा रहेको छ । ब्रिगेड पनि पुलिसलाई हराएर अंक तालिका सुधार्न चाहन्छ ।
प्रकाशित मितिः २०७८ पुस २६ सोमबार
Comments